ट्रेण्डिङ

ताजा अपडेट

 

बाँके — बाँके जिल्लास्थित दुई बाल सुधारगृह र एउटा क्षेत्रीय कारागारबाट भागेका ३४० जना बालबन्दी र कैदीमध्ये २८५ जना अझै फरार रहेका छन्। हालसम्म ५७ जनामात्रै पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवास्थित जयन्दु बाल सुधारगृहबाट १९३ जना बालबन्दी भागेका थिए। तीमध्ये ४० जना पक्राउ परेका छन् भने बाँकीको खोजी भइरहेको छ। यस्तै, नौबस्ता क्षेत्रीय कारागारबाट भागेका १४७ मध्ये १७ जना मात्रै पक्राउ परेका छन्।

जयन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माका अनुसार त्यहाँ रहेका २२८ मध्ये ११५ जना फरार भएका थिए। तीमध्ये २३ जना पक्राउ परेका र ९२ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए। फरारमध्ये केहीलाई प्रहरी नियन्त्रणमा ल्याइएको छ भने केही आफैं फर्किएका पनि छन्।

त्यस्तै, नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७६ जना बालबन्दीमध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको र ७८ जना भागेको बताए। तीमध्ये हालसम्म १७ जना मात्र पक्राउ परेका छन् भने ६१ जनाको खोजी कार्य जारी छ।

क्षेत्रीय कारागार नौबस्ताका प्रमुख जालन्धर भुषालका अनुसार त्यहाँ रहेका ५८५ कैदीमध्ये १४७ जना भागेका थिए। तीमध्ये १७ जना पक्राउ परेका छन् भने १३० जना अझै फरार रहेका छन्।

हाल फरार रहेका २८५ जना कैदी तथा बालबन्दीमध्ये धेरैजना सीमापारि पुगेको आशंका गरिएको छ।

यसअघि जेनजी आन्दोलनको समयमा समेत बाँकेसहित विभिन्न सुधारगृह र कारागारबाट कैदीबन्दी फरार भएका थिए। तर नेपालगञ्जस्थित कारागारबाट भने सेनाको कडाइका कारण कैदीहरू भाग्न सकेका थिएनन्। त्यही क्रममा सेनाले गोली चलाउँदा कैलालीका एक कैदीको खुट्टामा गोली लागेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech