Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

बाँके, कोहलपुर ।
मिति २०८२ साल भदौ २३ र २४ गते भएको ZenZ आन्दोलनपछि राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट हराएको बहुमूल्य धातु र नगद इलाका प्रहरी कार्यालय कोहलपुरले फिर्ता गरेको छ। सचेत युवाहरु र प्रहरीको सक्रिय पहलपछि फेला पारिएको सम्पत्ति भदौ ३० गते स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा औपचारिक रूपमा बुझाइएको हो।

प्रहरीका अनुसार फेला परेको सम्पत्तिमा दुई लाख बाह्र हजार छ सय छब्बिस रुपैयाँसहित भारतीय र नेपाली मुद्रा, चार सय एकाइस दशमलव बत्तीस ग्राम सुन र नौ केजी नौ सय चौरासी ग्राम चाँदी रहेका छन्। यी सबै सामग्रीलाई कानूनी प्रक्रिया अनुसार सुरक्षित राखिएको र आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

स्थानीय युवाहरुको सक्रियता र प्रहरीको तत्परताले हराएको सम्पत्ति छोटो समयमा नै फेला पार्न सहयोग पु–याएको भन्दै सर्वसाधारणले प्रसंसा गरेका छन्। यस घटनाले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यले ठुला संकटसमेत समाधान गर्न सकिन्छ भन्ने देखाएको स्थानीयको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech