ट्रेण्डिङ

ताजा अपडेट

कोहलपुर, बाँके । जेन्जि आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा तोडफोड तथा आगजनीबाट क्षति पुगेका सरकारी तथा सार्वजनिक भवनहरु बुधबार बृहत् सरसफाइ कार्यक्रममार्फत पुनः प्रयोगयोग्य बनाइएको छ।

सरसफाइ अभियान इलाका प्रहरी कार्यालय कोहलपुर, सुर्खेति एकता समाज बाँके, रोट्र्याक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेज, भूपु सैनिक संघ कोहलपुर तथा स्थानीय नागरिक समाज, युवा र विद्यार्थीको सक्रिय सहभागितामा सम्पन्न भएको हो।

अभियानमा संलग्न स्थानीयवासीका अनुसार आन्दोलनपछि सार्वजनिक सम्पत्ति नष्ट हुँदा दैनिक प्रशासनिक कामकाज अबरुद्ध भई सर्वसाधारणले समस्या भोगिरहेका थिए। तत्कालीन अवस्थालाई सहज बनाउन र छिटोछरितो सेवा प्रवाह सुनिश्चित गर्न स्वस्फूर्त रूपमा सरसफाइमा जुट्नु आवश्यक भएको उनीहरूको भनाइ छ।

कार्यक्रममा सहभागी सम्पूर्ण संघ–संस्था, नागरिक समाज र स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्दै इलाका प्रशासन कार्यालयका प्रमुख अन्ति सिजाली मगरले यस्तो सकारात्मक कदमले सामाजिक एकता र सहकार्यलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech