ट्रेण्डिङ

 

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरिचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको छ।

काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिँदा ३५ मध्ये १० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

घाइतेहरुलाई तत्काल उद्धार गरी चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरीले बस दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार चालकको लापरबाही वा प्राविधिक समस्या हुँदा बस अनियन्त्रित भएको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech