ट्रेण्डिङ

ताजा अपडेट

 

बाँके — जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब महानिरीक्षक (एसपी) अंगुर जिसीले प्रहरीको काम तब मात्र परिणाममुखी हुने बताएका छन्, जब नागरिकले सुरक्षित महसुस गर्न सक्छन् ।

भर्खरै सरुवा भएर बाँकेको सुरक्षा कमाण्ड सम्हालेका जिसीले आज पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा दशैं लक्षित विशेष सुरक्षा योजना लागू भइसकेको जानकारी दिए । उनले अपराध नियन्त्रण र शान्ति–सुरक्षा कायम गर्न प्रहरी पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे ।

“सबैले सुरक्षित वातावरणमा दशैं मनाउन सकून् भन्ने उद्देश्यका साथ सुरक्षा योजना कार्यान्वयन भइरहेको छ,” जिसीले भने, “यसका लागि ११ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।”

उनले हालै भएको Gen-Z आन्दोलनका क्रममा तोडफोड, आगजनी र चोरीमा संलग्न चार जना पक्राउ परिसकेको जानकारी दिँदै प्रमाण संकलन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए । अपराधीलाई कुनै हालतमा उन्मुक्ति नदिने दृढता व्यक्त गर्दै उनले अपराध नियन्त्रणका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्ने आश्वासन दिए ।

“पत्रकार मित्रहरुले प्रहरीका राम्रा कार्य देखाइदिनुभयो भने जनतामा विश्वास बढ्छ, नकारात्मक गतिविधि औंल्याइदिनुभयो भने प्रहरीलाई सुधार गर्ने अवसर मिल्छ,” जिसीले आग्रह गरे ।

स्रोत र साधन अभावका बाबजुद जिल्लाको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले बाँकेभरका प्रहरीलाई भेदभावरहित ढंगले काम गर्न निर्देशन दिइसकेको बताए ।

प्रहरीले भनसुन वा दबाबमा होइन, प्रणालीअनुसार मात्र काम गर्ने बताउँदै एसपी जिसीले सूचना प्रवाहलाई सहज र पारदर्शी बनाउन आफू प्रतिवद्ध रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech