Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

बाँके । पछिल्ला दिनमा बाँकेको डुडुवा गाउँपालिकामा अशान्ति र अव्यवस्था बढ्दै गएको छ । पालिकामा तोडफोड, लफडा र अवाञ्छित गतिविधिमा दल–सम्बद्ध गिराेहहरूको सक्रियता देखिएको स्थानीयवासीहरूले बताएका छन् ।

यस कारण पालिकाबाट नागरिकले सहज रूपमा सेवा–सुविधा लिन नसक्ने अवस्था सिर्जना भएको छ । तर स्थानीयवासीहरूले भने यो अशान्ति हालैको Gen-Z आन्दोलनसँग सम्बन्धित नभई राजनीति र व्यक्तिगत पूर्वाग्रही सोचका कारण उत्पन्न भएको बताएका छन् ।

एमाले र जसपाका नेताको संलग्नता आरोप

सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर तथा भिडियोहरूले यो घटनामा एमाले निकट भनिएका पूर्व सांसद समृत रहेका विजय यादव र जसपाका नेता भण्डारी लाल यादव संलग्न रहेको देखाएको बताइएको छ ।

विकास कार्यमा अवरोध

काङ्ग्रेसका नेता नरेन्द्र चौधरीको नेतृत्वमा रहेको डुडुवा गाउँपालिकाले विकासको फड्को मार्दै गर्दा राजनीतिक पूर्वाग्रहका कारण गरिएको अशान्तिले पूर्वाधार निर्माणदेखि सेवा प्रवाहमा असर पारेको स्थानीयवासीको भनाइ छ ।

जनप्रतिनिधिको आवासमा घुसपैठ

गाउँपालिका प्रमुखका लागि पालिकामा आवास व्यवस्था भए पनि केही अराजक समूहले बिना अनुमति चौधरीको आवासमै छिरेर चरित्र हत्या गर्ने र पालिकालाई बदनाम गर्ने कार्य गरेको स्थानीय स्रोतले दाबी गरेको छ । उनका अनुसार, यी सबै गतिविधि पालिका अध्यक्षलाई लक्षित गरेर गरिएको सुनियोजित योजना हुन् ।

पालिकाको तयारी

यसबीच, डुडुवा गाउँपालिकाले अशान्ति मच्चाउने नेता र दल–निकट कार्यकर्ताहरूको नामसूची तयार पारिरहेको पालिका स्रोतले जानकारी दिएको छ । केही साताभित्रै तोडफोड, आगजनी प्रयासलगायतका घटनामा संलग्नविरुद्ध उजुरी दर्ता गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech