ट्रेण्डिङ

ताजा अपडेट

 

कैलाली । कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतिमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दानसिंह भण्डारी हाल विवादमा तानिएका छन्। प्रहरी प्रधान कार्यालयमा वेनामे उजुरी परेपछि उनी विवादको केन्द्रमा आएका हुन्।

उक्त उजुरीमा भण्डारीमाथि हिरासतमा कुटपिट, मुद्दामा आर्थिक असुली र भरुवा बन्दुक बरामदमा गडबडी गरेको जस्ता आरोप लगाइएको थियो।

यसैबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख डीएसपी रणबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। समितिले उजुरीमा उल्लेख व्यक्तिहरूसँग बयान संकलन गरी प्रतिवेदन प्रदेश प्रहरी कार्यालय धनगढीमा बुझाएको छ। तर स्रोतका अनुसार भण्डारीमाथि लगाइएका आरोप पुष्टि नभएको जनाइएको छ।

यद्यपि समितिमाथि नै निष्पक्षताको सवाल उठेको छ। आफ्नै कार्यालयमा कार्यरत इन्स्पेक्टरको विषयमा प्रमुखकै नेतृत्वमा छानबिन हुँदा ढाकछोपको प्रयास भएको आरोप लागेको हो। उजुरीमा स्याउलेबाट एक घरमा भरुवा बन्दुक र जनावरको सिङ बरामद भएको दाबी गरिए पनि, पछि बन्दुक मात्रै देखाइएको र सिङ गायब भएको आशंका गरिएको छ।

यसैक्रममा आर्थिक चलखेलमार्फत जनावरको सिङ गायब गरिएको आरोप छ। तर डीएसपी चन्दले ती आरोपलाई ‘झुटा’ भन्दै खारेज गरेका छन्। समितिले भण्डारीलाई ‘क्लिन चिट’ दिने प्रयत्न भएको शंका जनाइएको छ।

भण्डारीलाई केही महिना अघि दंगा नियन्त्रण प्रहरी गण, कञ्चनपुरमा काज सरुवा गरिएको भए पनि अहिलेसम्म रमाना नआएको विषयले पनि थप प्रश्न खडा गरेको छ। यसबारे आधिकारिक पत्र नआएको भन्दै डीएसपी चन्दले आफूले प्रदेश प्रहरी कार्यालयसँग जानकारी मागेको बताएका छन्।

हाल इन्स्पेक्टर भण्डारी इलाका प्रहरी कार्यालय मालाखेतिको मुद्दा शाखामा कार्यरत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech