नेपालगन्ज उपमहानगरपालिका–१८ लग्दहवामा आइतबार साँझ (मिति २०८२ असोज १२) हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको छ। स्थानीयका अनुसार सामान्य वादविवादबाट सुरु भएको घटनाले ठूलो रुप लिन सक्ने सम्भावना रहेपनि, समयमै पुगेको प्रहरीको सक्रियताले स्थिति नियन्त्रणमा लिएको हो।


प्रहरी स्रोतका अनुसार घटना घट्नेबित्तिकै टोली परिचालन गरिएकाले द्वन्द चर्किन पाएन। अहिले स्थिति नियन्त्रणमा रहेको र थप अप्रिय घटना नहोस् भन्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
स्थानीय सरोकारवाला निकाय र समाजका अगुवाहरूले दुबै समुदायलाई संयमता अपनाउन आग्रह गर्दै आपसी सद्भाव कायम राख्न आह्वान समेत गरेका छन्।





