Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

बाँके — जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएयता हालसम्म ६ हजार ४२५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घनको आरोपमा कारबाही गरेको छ। उक्त कारबाहीबाट ४९ लाख ४३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार साउनदेखि कात्तिकसम्म नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधनमाथि निरन्तर कारबाही भइरहेको छ। उनले ट्राफिक प्रहरीको उद्देश्य केवल कारबाही र राजस्व सङ्कलन मात्र नभई नागरिकमा सचेतना फैलाउनु पनि रहेको बताए।

“हामीले जिल्लाका विभिन्न स्थानमा ट्राफिकसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं,” शाहीले भने, “यसले दुर्घटना न्यूनीकरणमा पनि सहयोग पुर्‍याइरहेको छ।”

प्रहरीका अनुसार चालु आवको हालसम्म बाँकेमा ३५१ वटा साना–ठूला सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् भने ६४७ जना घाइते भएका छन्। दुर्घटना रोकथामका लागि जिल्लाभर ३१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट ३० हजार ८७१ जना नागरिक लाभान्वित भएको ट्राफिक प्रहरीले जनाएको छ।

त्यसैगरी, ‘ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही अभियान’ अन्तर्गत पछिल्ला नौ दिनमै ३८ वटा यात्रुवाहक इभी गाडी र १९ वटा मोटरसाइकललाई कारबाही गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech