Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

रुपन्देहीको सिद्धार्थनगर–५ स्थित निर्माणा होटल परिसरमा मंगलबार दिउँसो एक जना माथि गोली प्रहार भएको छ। स्टार क्यासिनोमा कार्यरत २७ वर्षीय सेक्युरिटी गार्ड मीनबहादुर परियारको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

घटना त्यतिबेला भएको हो जब वडा–३ दरखसवाका ३२ वर्षीय सञ्जय गुप्ता मोटरसाइकलमा होटल परिसरबाट निस्किँदै थिए। भारतीय मूलका जस्तै देखिने दुई जनाले मोटरसाइकल लडाएर कुटपिट गरेका थिए। सो क्रममा गोली चल्दा परियार घाइते भएका हुन्।

परियारलाई भिम अस्पताल लगिएको र अहिले सामान्य अवस्थामा रहेको छ। गोली प्रहार गर्नेहरु फरार छन्। घटनापछि डेढ सयभन्दा बढी प्रहरी परिचालन गरी रुपन्देहीका सबै नाकामा कडा निगरानी गरिएको छ। प्रहरीले मोटरसाइकल चालक गुप्तासहित १७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech