ट्रेण्डिङ

मिति २०८२/०७/१९ कोहलपुर, बाँके — कोहलपुर नगरपालिका–२ का वडा अध्यक्ष हरि कठायतद्वारा मिति २०८२ कात्तिक १८ गते जारी गरिएको प्रेस विज्ञप्तीमा सुरक्षा राष्ट्रिय दैनिकले प्रकाशन गरेको समाचार ‘भ्रम फैलाउने र तथ्यहीन’ रहेको आरोप लगाइएको थियो।

उक्त विज्ञप्तीप्रति दैनिकले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्दै आफूले प्रकाशित प्रत्येक समाचार विश्वसनीय स्रोत, प्रमाण र तथ्यका आधारमा तयार पार्ने जनाएको छ। दैनिकले भनेको छ, “हाम्रो उद्देश्य कसैको मानमर्दन होइन, जनताको सरोकारका विषयमा पारदर्शिता र जवाफदेहिताको संस्कृति सुदृढ गर्नु हो।”

दैनिकका अनुसार विवादित विषयमा हाल पनि अनुसन्धान जारी छ र सत्य छर्लङ्ग हुने विश्वास व्यक्त गरिएको छ। साथै, स्थानीय स्रोत र आरोपका आधारमा समाचार प्रकाशित गरिएको भन्दै, “पूर्ण विस्तृत समाचार आउन बाँकी छ, त्यसैले सबै पक्षलाई धैर्य गर्न अनुरोध गर्दछौं,” भनिएको छ।

यदि समाचारका कुनै अंशमा त्रुटि वा अपूर्णता रहे प्रमाणसहित जानकारी आएमा सुधार गर्न तयार रहेको दैनिकले जनाएको छ। मिडिया र जनप्रतिनिधि दुवैको साझा लक्ष्य सत्य, पारदर्शिता र जनसेवा नै हो भन्दै दैनिकले संवाद र सहकार्यको आह्वान गरेको छ।
_ सुरक्षा राष्ट्रिय दैनिक, बाँके

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech