२०८२/०७/१९ कोहलपुर-
दैलेख जिल्ला माबु गाउँपालिका –५ गडी गाउँकी २० वर्षीया उषा शाही सिंह बाँके नगरपालिका–१३ भरैयास्थित सुरेश कनोडियाको जग्गामा भाडामा बस्दै आएकी थिइन् । उनलाई घरको काठको बिममा सेतो–पहेलो सुतिको सलको पासो लगाएको अवस्थामा उनकी सासू आमा राजकुमारी सिंहले फेला पारेकी हुन् । प्रहरीले घटना सम्बन्धी अनुसन्धान अघि बढाएको छ ।







