विराटनगरस्थित बाल सुधार गृहबाट शुक्रबार दिउँसो फरार भएका नौ जना बाल बिझ्याइँकर्तामध्ये तीन जना प्रहरी सम्पर्कमा आएका छन्। बाँकी छ जनाको खोजी कार्य जारी रहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिनुभयो।


दिउँसो करिब ४ बजे प्रहरीलाई धक्का-मुक्का गरी उनीहरू फरार भएका थिए। घटनामा दुई जना प्रहरी घाइते भएका छन्। सुधार गृहको ५० जनाको क्षमता भए पनि हाल करिब २५४ जना बाल बिझ्याइँकर्ता राखिएका कारण व्यवस्थापनमा समस्या आएको बताइएको छ।





