कोहलपुर, बाँके — लक्ष्मी माध्यामिक विद्यालय, कोहलपुर–०२ बाँकेमा बिदाइ तथा ‘फेरि भेटौला’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयमा लामो समयदेखि निष्ठापूर्वक सेवा पुर्याउँदै आएका शिक्षक–शिक्षिकाहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार आचार्यले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिका–०२ का वडा अध्यक्ष हरि कठायत उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सह–प्रधानाध्यापक निम केसीले स्वागत तथा बिदाइ मन्तव्य दिँदै विद्यालयको प्रगति र शिक्षाको गुणस्तर उकास्न बिदाइ हुन लागेका शिक्षक–शिक्षिकाहरूको योगदानलाई उच्च सम्मानका साथ सम्झना गर्नुभयो।
कार्यक्रममा अतिथिका रूपमा सहभागी सुमित्रा शाहीले समेत आफ्ना भनाइहरू राख्दै विद्यालयको उन्नतिमा योगदान पुर्याउने सबै शिक्षक–शिक्षिकाप्रति आभार प्रकट गर्नुभयो। बिदाइ कार्यक्रमको सञ्चालन रमेश केसीले गर्नुभएको थियो।
कार्यक्रममार्फत विद्यालयले अनिवार्य अवकाश तथा सरुवा भएर जान लाग्नुभएका शिक्षक–शिक्षिकाहरूलाई माला, दोसल्ला र शुभकामनाका साथ विदाइ गरेको थियो। बिदाइमा सम्मानित शिक्षक–शिक्षिकामा भुपती लामिछाने, जसले ४१ वर्षसम्म यस विद्यालयमा अध्यापन गर्नुभयो, हेमन्त थापा, प्रतिमा बिसी, देव प्रसाद थारु, पुनम देवी कर्ण, सुनिता चौधरी, बिशाल पाण्डे र सिता खत्री रहेका छन्।


बिदाइ कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयमा लामो समयसम्म सेवा पुर्याएका शिक्षक–शिक्षिकाहरूले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यालय परिवार सधैं उनीहरूका सम्झनामा रहिरहने जनाएका थिए। कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम आत्मीयता, सम्मान र भावनात्मक विदाइका बीच सम्पन्न भएको थियो।
बिदाइ गरिएका शिक्षक–शिक्षिका
भुपती लामिछाने – ४१ वर्ष लामो शिक्षण सेवा पछि अनिवार्य अवकाश
हेमन्त थापा – ९ वर्ष सेवा
प्रतिमा बिसी – १७ वर्ष सेवा
देव प्रसाद थारु
पुनम देवी कर्ण – अनिवार्य अवकाश
सुनिता चौधरी
बिशाल पाण्डे
सिता खत्री






