बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा दर्जनौँ शिक्षा कन्सल्टेन्सीहरू नियमविपरीत र अनियमित रूपमा सञ्चालन भइरहेका छन्। तर पनि जिल्ला प्रशासन कार्यालय बाँके मौन छ, जसका कारण विद्यार्थीहरू ठगी र धोका हुने जोखिममा छन्।
स्थानीय स्रोतका अनुसार धेरै कन्सल्टेन्सीहरू दर्ता नै नगरी सञ्चालन भइरहेका छन्। कतिपयले केवल कम्पनी र राजस्व कार्यालयमा मात्रै दर्ता गरी काम गरिरहेका छन्, तर नगरपालिका वा शिक्षा मन्त्रालयमा दर्ता छैनन्।


यस्तै, अधिकांश कन्सल्टेन्सीमा इन्स्ट्रक्टरहरू योग्य (Bachelor पास) नै छैनन्, भिसा रिजेक्सन दर उच्च छ, र फी निर्धारणमा कुनै मापदण्ड छैन। धेरैले अत्यधिक सेवा शुल्क र अतिरिक्त रकम असुल्ने गरेका छन्।
विद्यार्थी र अभिभावकले माग गर्दै आएका छन् — “कन्सल्टेन्सीको नियमन होस्, ठगी रोकियोस्, र प्रशासनले तत्काल कारबाही गरोस्।”





