Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

काठमाडौं । जेन–जेड आन्दोलनको पहिलो दिन नयाँ बानेश्वरस्थित संसद भवनमा सुरक्षा कमाण्डरका रूपमा खटिएकी प्रहरी नायब उपरीक्षक (डीएसपी) एलिजा गिरी शुक्रबार सिंहदरबारस्थित जाँचबुझ आयोगको सचिवालयमा बयान दिन उपस्थित भएकी छन्।

उनसँगै कालिमाटी वृत्तका डीएसपी मधुकुमार थापा पनि आयोगमा पुगेका छन्। थापा जेन–जेड आन्दोलनका क्रममा घाइते भएका प्रहरी र जिल्ला प्रहरी परिसर सुरक्षामा सक्रिय भूमिका निर्वाह गरेको योगदानका लागि प्रहरी दिवसमा सम्मानित भएका थिए।

डीएसपी गिरी भदौ २३ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनको सुरक्षाको जिम्मेवारी सम्हालेकी थिइन्। सो क्रममा संसद भवन वरिपरि आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो।

गिरी हाल थानकोट प्रहरी वृत्त प्रमुखको रूपमा कार्यरत छिन्। आयोगले जेन–जेड आन्दोलनका क्रममा भएका घटनासम्बन्धी अनुसन्धानको क्रममा उनीहरूका बयान संकलन गरिरहेको बताइएको छ।


🗓 सम्बन्धित पृष्ठभूमि:
जेन–जेड आन्दोलन भदौ महिनादेखि सुरु भएको विरोध प्रदर्शन हो, जसमा युवाहरूले सामाजिक, आर्थिक र राजनीतिक सुधारका माग उठाएका थिए। आन्दोलनका क्रममा काठमाडौंका विभिन्न क्षेत्रहरूमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech