ट्रेण्डिङ

 

सुनसरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, बर्जु गाउँपालिका–५, गोचाकामत टोलबाट शुक्रबार राति करिब २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरिएको हो।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सीतागञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले बा.प्र. ०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको जनाएको छ।

बरामदको क्रममा गाडीका चालक भने फरार भएका छन्। प्रहरीले उक्त गाडी नियन्त्रणमा लिई फरार चालकको खोजी कार्य तीव्र पारेको जनाएको छ।

प्रहरीका अनुसार, घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech