Surakshya Rastriya Dainik
बिहीबार, २७ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै कीर्ते कागज प्रयोग गरी धम्क्याउने एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौंको तारकेश्वरमा बस्दै आएका डोटी जिल्ला शिखर नगरपालिका–४ का ऐभानबहादुर महरालाई प्रहरीले काठमाडौंको टुसाल चोकबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार महराको साथबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राज्यमन्त्रीको सचिवालयका कीर्ते लेटरप्याडहरू बरामद गरिएको छ।

त्यससँगै प्रहरीले विभिन्न बैंकका स्टेटमेन्ट, एटिएम कार्ड, चेकबुक, हिसाब राखिएको डायरी, र वाणिज्य बैंकको डेप्युटी म्यानेजरको परिचयपत्र पनि फेला पारेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका महरा राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी हुन्।

हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech