ट्रेण्डिङ

ताजा अपडेट

 

काठमाडौं।
गृहमन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षा व्यवस्थासम्बन्धी समग्र मूल्यांकन र आवश्यक निर्देशिका तयार गर्न आज दिउँसो केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे गृह मन्त्रालयमा बस्नेछ।

गृहमन्त्रालयका अनुसार हालको सुरक्षा चुनौती, संवेदनशील घटनाका अपडेट र आगामी दिनमा सरकारका सुरक्षा प्राथमिकताबारे गहिरो छलफल गर्न बैठक आह्वान गरिएको हो।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग (NID) का प्रमुख तथा मन्त्रालयअन्तर्गतको शान्ति सुरक्षा महाशाखाका प्रमुख सहित उच्चस्तरीय सुरक्षा अधिकारीहरू सहभागी हुनेछन्।

यस बैठकबाट देशभरको सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन र समन्वय रणनीति तय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech