Surakshya Rastriya Dainik
बिहीबार, २७ अगस्ट २०२६
ट्रेण्डिङ

 

कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबई चेकपोस्टमा सवारी साधन तथा यात्रुसँग दुर्व्यवहार गर्दै अवैध रुपमा पैसा असुल्ने गरेको गुनासो बढेपछि सम्पूर्ण प्रहरी टोली नै फेर्ने निर्णय भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख एसएसपी केदारप्रसाद खनालका अनुसार चेकपोस्टमा निरन्तर आउँदै आएका उजुरीकै आधारमा त्यहाँ तैनाथ ट्राफिक प्रहरी र नेपाल प्रहरी दुवै समूहलाई एकैपटक फिर्ता बोलाइएको हो।

उनका अनुसार करिब एक हप्ता अघि नै ४ जना ट्राफिक प्रहरी (हवल्दारसहित) र ११ जना नेपाल प्रहरी (असईसहित) गरी १५ जनालाई फिर्ता बोलाइएको थियो। हाल सो स्थानमा ट्राफिक प्रहरी पोष्टको नेतृत्व वरिष्ठ हवल्दार जितेन्द्र शाहीले लिएका छन् भने नेपाल प्रहरी टोलीको कमाण्ड असई डम्मर बहादुर खत्रीलाई दिइएको छ।

एसएसपी खनालका अनुसार, “१५ जनामध्ये कसलाई मात्र छान्ने भन्ने अवस्था नभएकाले सम्पूर्ण टोली नै परिवर्तन गरिएको हो। सेवा दिन बसेकै व्यक्तिले गल्ती गरे कानुनले जो–कोहीलाई पनि छोड्दैन भन्ने नीति अनुसार प्रदेश प्रहरीले कदम चालेको हो।”

बबई चेकपोस्टमा सवारी चेकजाँचको नाममा यात्रु र चालकलाई दुःख दिने, पैसाको माग गर्ने र अनावश्यक झन्झट दिने कार्य धेरै समयदेखि भइरहेको गुनासो थियो। लगातार बढ्दो सार्वजनिक असन्तुष्टिपछि अख्तियार, नागरिक समाज र यात्रुहरूबाट दवाव बढेसँगै कर्णाली प्रदेश प्रहरीले चेकपोस्टमा नयाँ, व्यवस्थित र निगरानीयुक्त प्रहरी प्रणाली लागू गर्न यो कदम उठाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech