मंसिर ९, कोहलपुर।


कोहलपुर नगरपालिकाको आयोजनामा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज मिति २०८२।०८।०९ गते बिहान ११:०० बजे प्रभात फेरी सम्पन्न भएको छ।
“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित वडा नं. ११ को चौराहा चोकबाट सुरु भएको प्रभात फेरी साझा चोक हुँदै न्युरोडसम्म सम्पन्न गरिएको हो।

कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप–प्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो। साथै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपाल, जनप्रतिनिधि, नगर प्रहरी, स्थानीय भद्रभलाद्मी, पत्रकार, किशोरी क्लबका पदाधिकारी तथा विद्यार्थी गरी करिब १५० जना सहभागी भएका थिए।
सहभागीहरूले लैङ्गिक हिंसा अन्त्य तथा सुरक्षित समाज निर्माणका लागि जनचेतनामूलक नारासहितको प्रभात फेरीमा सहभागी भएर अभियानलाई साथ दिएका थिए।





