ट्रेण्डिङ

ताजा अपडेट

 

कोहलपुर– कोहलपुर नगरपालिका वडा नं. २, बर्दहवामा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा विद्युतीय सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
बिधुत प्राधिकरण नेपाल, कोहलपुर वितरण केन्द्रको आयोजनामा गरिएको उक्त कार्यक्रममध्ये कक्षा ९ मा अध्यनरत ७५ जना विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ।

कार्यक्रममा दैनिक जीवनमा प्रयोग हुने विद्युत् उपकरणको सुरक्षित उपयोग, दुर्घटना न्यूनीकरणका उपाय, आकस्मिक अवस्थाको व्यवस्थापन तथा विद्युत् सम्बन्धी आधारभूत ज्ञानबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
विद्यार्थीहरूलाई विद्युत् प्रयोगका बेला अपनाउनुपर्ने सावधानी, ट्रान्सफर्मर तथा पोल नजिक देखिने जोखिम, भिजेको हातले स्विच नछुने जस्ता व्यवहारिक विषयहरूलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो।

कोहलपुर वितरण केन्द्रका प्रतिनिधिहरूका अनुसार विद्यार्थी स्तरमै यस्तो सचेतना कार्यक्रम सञ्चालन गर्नु अत्यन्तै प्रभावकारी हुने बताउँदै आगामी दिनमा अन्य विद्यालयहरूमा पनि निरन्तरता दिने योजना रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech