Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

नेपालगञ्ज । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीले अब नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पतालमा उपचार सेवा लिँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। दुई संस्थाबीच भएको सहकार्यपछि ग्राहक तथा कर्मचारीहरूलाई अस्पताल सेवामा विशेष सुविधा उपलब्ध हुने भएको हो।

कम्पनीका बीमितले अस्पतालमा डाक्टर परामर्शमा ५० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, ल्याब टेस्ट तथा एक्स–रे सेवामा ३० प्रतिशत, बेड चार्जमा २० प्रतिशत, र अपरेसन, भिडियो एक्स–रे तथा औषधिमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

छुट प्राप्त गर्नका लागि बीमितले आईएमई लाइफको मोबाइल एपमा रहेको ‘प्रिभिलेज कार्ड’ अस्पतालमा देखाउनु पर्नेछ। अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र प्रस्तुत गरी सहज रूपमा छुट सुविधा उपयोग गर्न सक्नेछन्।

कान्ति आरोग्य अस्पताल नेपालगञ्ज क्षेत्रको ख्यातिप्राप्त बहुविशेषज्ञ अस्पताल हो। बिरामी–केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै अस्पतालले अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत अत्याधुनिक प्रविधि प्रयोग गरी उन्नत उपचार सेवा प्रदान गर्दै आएको छ। शहरको केन्द्रमा रहेको यस अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै विश्वसनीय स्वास्थ्य केन्द्रको रूपमा पहिचान बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech