Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

 

जाजरकोट, कुशे — कुशे गाउँपालिका–५ ढिमेकाका अन्दाजी १५–१६ वर्षीय सबिन मल्लमाथि गए राति करिब १० देखि ११ बजेको बीचमा छुरा प्रहार भएको छ। स्थानीयका अनुसार कुशे–७ निवासी दिपेन्द्र सिंहले अभद्र व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले सबिन मल्लमाथि सिरा र पेटतर्फ गम्भीर चोट लाग्ने गरी प्रहार गरेका हुन्।

घटनापछि गम्भीर घाइते सबिनलाई उपचारका लागि लगिएको छ भने आरोपित सिंह भने स्थानीय क्षेत्रबाट फरार भएका छन्।

स्थानीयवासी र युवाहरूले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरेका छन्। उनीहरूले सुरक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै प्रहरी प्रशासनलाई चाँडो र कडा कदम चाल्न आग्रह गरेका छन्।

प्रहरीले भने घटनाबारे अनुसन्धान अघि बढाइएको र फरार आरोपीको खोजी जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech