Surakshya Rastriya Dainik
बिहीबार, २७ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौँ — भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनका क्रममा हतियार तथा कार्यालय सुरक्षित राख्न नसकेको अभियोगमा सशस्त्र प्रहरी बलका एक डिएसपीमाथि विभागीय कारबाही सिफारिस गरिएको छ। नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन इन्चार्ज डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरिएको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले गठन गरेको आन्तरिक छानबिन समितिले उनीमाथि सशस्त्र प्रहरी नियमावलीअनुसार विभागीय कारबाही अघि बढाउन प्रतिवेदनसहित सिफारिस गरेको बताइएको छ।

छानबिनका अनुसार आन्दोलन सुरु भएलगत्तै डिएसपी कुँवरले हतियार र कार्यालय छाडेर भागेका कारण प्रदर्शनकारीहरू सहजै सुरक्षा बेसभित्र प्रवेश गर्न सफल भएका थिए। उनी तैनाथ कार्यालयमा रहेको १४ थान एसएलआर हतियार प्रदर्शनकारीले जलाएको आरोप छ।

स्रोतका अनुसार डिएसपीले आन्दोलनको जोखिम विश्लेषण समयमै गर्न नसकेको, आफ्नो टोलीलाई परिचालन गर्न असफल भएको तथा सबै सुरक्षाकर्मी कार्यालय छोड्दा हतियार नबोकी निस्किएको गम्भीर लापरवाही देखिएको छ। सुरक्षासम्बन्धी निकायमा हतियार जोगाउन नसक्नु गम्भीर सुरक्षा चुक मानिने भएकाले उनीमाथि कारबाही सिफारिस गरिएको हो।

डीएसपी कुँवर सिसं–४ सशस्त्र प्रहरी निरीक्षक बेसिक ब्याचका अधिकारी हुन्।
आन्तरिक छानबिनको प्रतिवेदन राष्ट्रिय मुख्यालयले अध्ययन गरिरहेको र शीघ्र विभागीय प्रक्रिया अघि बढ्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech