ट्रेण्डिङ

ताजा अपडेट

तेस्रो प्याप्सन कोहलपुर नगरस्तरीय खेलकुद प्रतियोगिता २०८२/०८/१७ भोलि देखि सुरु हुने भएको छ। प्याप्सन कोहलपुरका सचिव मित्र ओलीका अनुसार प्रतियोगिता भोलिबाट २० गतेसम्म सञ्चालन हुनेछ। खेलकुद प्रतियोगितामा दुई तह— आधारभूत तह र मावि तह — राखिएको छ।

सचिव ओलीले दिएको जानकारीअनुसार आधारभूत तहमा एथलेटिक्स प्रतिस्पर्धा हुनेछ भने मावि तहमा एथलेटिक्ससहित भलिबल विधा समावेश गरिएको छ। प्रतियोगितामा १८०० भन्दा बढी विद्यार्थी खेलाडीहरू सहभागी हुने अपेक्षा गरिएको छ।

कोहलपुर नगरपालिकाभित्रका २८ वटा विद्यालय प्याप्सनमा समावेश छन्, जसमा १९ वटा माध्यमिक विद्यालय रहेका छन् भने बाँकी आधारभूत विद्यालयहरू रहेको सचिव ओलीले बताए।

उहाँका अनुसार कक्षा कोठाभित्रको पढाइ मात्र पर्याप्त नहुने भएकाले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा सहभागिता, प्रतिस्पर्धा भावना विकास तथा भविष्यका खेलाडी उत्पादन गर्दै राष्ट्रलाई टेवा पुगोस् भन्ने उद्देशयले प्रतियोगिता आयोजना गरिएको हो।

यसैबीच, प्रतियोगिताको सफल सञ्चालनका लागि कोहलपुरमा आज विशेष तयारी भइरहेको छ। झण्डा गाड्ने, मञ्च तथा खेलमैदान व्यवस्थापनलगायतका कामहरू तीव्र रूपमा भइरहेको छन्। प्याप्सन कोहलपुरका अध्यक्ष रमेश खत्रीले पनि तयारीलाई प्रभावकारी बनाउन निरन्तर समन्वय गरिरहेको जानकारी छ।

भोलिदेखि सुरु हुने यो प्रतियोगिताले नगरभरका विद्यार्थीहरूको उत्साह, ऊर्जा र खेल प्रतिभा झनै उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech