Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएको कारण आत्महत्या गरेको दाबी भएपछि गृहमन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन समिति गठन गरेको छ।

प्रधानमन्त्रीबाट सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई घटनाको यथार्थ छानबिन गर्न निर्देश दिइएपछि मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै समिति गठन गरेको हो।

छानबिन समितिको संयोजकमा गृहमन्त्रालयका सहसचिव तथा नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सुरेश पन्थी रहेका छन्। समितिमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने व्यवस्था गरिएको छ।

समितिलाई घटनाको सबै पक्षको निष्पक्ष र सत्यतथ्य रूपमा अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको गृहमन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech