Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कन्चनपुर, २०८२ मंसिर २५ – बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएकोanticorruption bodyले जनाएको छ।

सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, बेलडाँडी–२ का शान्ति नाथले वास्तविक रूपमा नभएको घर देखाएर नक्सा तयार गराई आफ्नो ४०० वर्गमिटर क्षेत्रफलको जग्गा (किट्टा नं. ३५७) धितो राखी लक्ष्मी सनराइज बैंकबाट ऋण लिएको उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानका क्रममा जग्गाधनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित कर्मचारीहरू बीच मिलेमतोमा गलत लिखत तयार गरी बैंक ऋण लिन सहयोग गरिएको प्रारम्भिक प्रमाण फेला परेको अधिकारीले बताए।

यसै आधारमा चार जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech