Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

काठमाडौं — सशस्त्र प्रहरी बल नेपालले संगठनको नीति तथा आचारसंहिताविपरीत सामाजिक सञ्जालमा पोशाक लगाएर तस्बिर र भिडियो अपलोड गर्ने २१२ जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ। शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार २०८० सालदेखि हालसम्म फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स (ट्विटर), म्यासेन्जर, इमो र वीच्याटजस्ता सामाजिक सञ्जालमा आधिकारिक पोशाकमा विभिन्न गतिविधि समावेश गरी सामग्री अपलोड गर्ने कर्मचारी फेला परेपछि उनीहरूलाई कारबाही गरिएको हो।

कारबाहीमा परेका कर्मचारीहरूको ओहोदा सार्वजनिक नगरिएको भए पनि उनीहरूलाई बढुवा रोक्का गर्ने चेतावनी, सचेत गराउने, ध्यानाकर्षण गराउने र मौखिक रूपमा सम्झाइबुझाइ गर्ने जस्ता विभागीय कदमहरू लागू गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिए।

सामाजिक सञ्जालमा संगठनको पोशाक लगाएर व्यक्तिगत तस्बिर तथा मनोरञ्जनात्मक भिडियो अपलोड गर्नु संगठनको आचारसंहिताविपरीत रहेको बताउँदै सशस्त्र प्रहरीले यसलाई नियन्त्रणमा राख्न प्रधान कार्यालयमै सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ। उक्त शाखाले कर्मचारीहरूको डिजिटल गतिविधिमाथि निगरानी गर्दै संगठनको छवि र गोपनीयता सुरक्षित राख्ने उद्देश्यले कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech