Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

काठमाडौं । बास नेपालको आयोजनामा सूचनाको हक सम्बन्धी दुई दिने तालिम आजदेखि अनलाइन माध्यमबाट सुरु भएको छ।
तालिममा बास नेपालको पदाधिकारी, प्रदेश, शाखा, उपशाखाका प्रतिनिधि र सक्रिय सदस्यहरू सहभागी छन्। कार्यक्रमको प्रधान प्रशिक्षकका रूपमा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा रहनु भएको छ।
बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले तालिम सहजिकरण गर्नु भएको थियो भने कार्यकारी निर्देशक नमस्कार शाहले सहभागीहरूलाई स्वागत गर्दै तालिमको उद्देश्य प्रस्तुत गर्नु भएको थियो।
प्रधान प्रशिक्षक कृष्णहरि बास्कोटाले “सूचनाको हक लोकतन्त्रको बायुप्राण हो” भन्दै सूचनाको हकको प्रवद्र्धन र प्रचलनले मुलुकमा सुशासन स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो।
तालिममा ३० भन्दा बढी बास नेपालका प्रतिनिधिहरू सहभागी छन् र तालिम भोलिसम्म सञ्चालन हुने जानकारी प्रदान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech