ट्रेण्डिङ

ताजा अपडेट

 

०९ बैशाख २०८३ कोहलपुर। नारी विकास केन्द्र नेपालगन्जको आयोजना र लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन डिभिजन कार्यालय कोहलपुरको आर्थिक सहयोगमा न्यून आय भएका महिलाहरूका लागि एक महिने निशुल्क ब्युटिसियन तालिमको मंगलबार विधिवत् समापन गरिएको छ।

कोहलपुर नगरपालिका वडा नम्बर २ र ५ का करिब २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेका उक्त तालिमको समापन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य माननीय मीना कुमारी श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता नारी विकास केन्द्र नेपालगन्जका कार्यवाहक अध्यक्ष शिला शाहले गर्नुभएको थियो।

विशिष्ट अतिथिका रूपमा पर्यटन डिभिजन कार्यालय कोहलपुरका कार्यालय प्रमुख …..पाण्डे अतिथि वरिष्ठ अधिकृत कृष्ण बहादुर विष्ट ,युवा नेता युबराज शाहि ,सामाजिक अभियान्ता एवम संचारकर्मि दिनेश उपाध्याय अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिम संयोजक रचना श्रेष्ठ सहित नारी विकास केन्द्रको कार्यसमितिको समेत सक्रिय उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय श्रेष्ठले सीपमूलक तालिम केवल प्रशिक्षणका लागि मात्र नभई महिला आत्मनिर्भर बन्नका लागि सार्थकता पाउनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “यो बजेट कुनै व्यक्तिको नभई राज्यको र तपाईंहरू आफैंको हो। बजेटको सदुपयोग तपाईंहरूले नै गर्नुपर्छ।” साथै उहाँले प्रशिक्षार्थीहरूलाई अवसर प्राप्त बगरेकोमा धन्यवाद दिदै भरपूर सदुपयोग गर्न सुझाव समेत दिनुभयो।

कार्यक्रममा माननीय श्रेष्ठलाई सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरूका साथै खेलकुद क्षेत्रमा पनि उत्तिकै सहजीकरण र सहयोग गर्दै आएको खेल क्षेत्रका व्यक्तिहरूले बताएका छन्। उहाँको यो दूरदर्शी पहलले महिला सशक्तिकरण र आर्थिक आत्मनिर्भरता प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।

नारी विकास केन्द्रले न्यून आय भएका महिलाहरूलाई सीपसँग जोडी आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। कार्यक्रम संचालन नारिविकास केन्द्र शाखा कार्यालय कोहलपुरका प्रमुख सरिता शाहिले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech