Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

म पनि त परेँ नि प्रेमको दुनियाँमा साथी,
अब माया–प्रेमका कुरा म पनि गर्छु,
जीवनमा छुट्टै उमङ्ग म पनि भर्छु,
साथ तिम्रो, हात तिम्रो,
सधैँ यो जीवनमा रहने वाचा।
कति तिमी मात्र भन्छौ
अब हाम्रो पनि सुन।

चिया पसलदेखि बारको रमाइलो,
सपिङदेखि सिनेमाघरसम्मका हाँसो,
कति तिम्रा मात्र सम्झनाहरू सुन्ने
अब हाम्रा पनि सुन।

राती–राति टुङ्–टुङ् म्यासेज,
दिउँसोभरि लामो फोन,
कति तिम्रा मात्र मिठास सुन्ने ,
अब हाम्रा पनि सुन।

हुँदै नभएको आकाशको जुन टिपेर ल्याउने कुरा—
के प्रेममा सम्भव छ र ?
यदि छ भने म पनि ल्याउँछु,
म पनि दिन्छु उपहार सम्झेर।
कति तिमी मात्र गर्छौ ,
अब हाम्रा पनि सुन।

हुँदै नभएका बच्चाबच्चीको नाम त
अहिल्यै राख्यौ—रामे, श्यामे भन्दै,
अब हाम्रा पनि सुन।

संसारका सबै खुशी दिने सपना,
भविष्यका मीठा दिन गन्दै,
गरेका ती रातका कुरा,
गरेका ती सुनौलो साथका कुरा—
कति तिम्रा मात्र सुन्ने,
अब हाम्रा पनि सुन।

बाउ–आमा भए पनि
तिमी बाहेक कोही छैन, भन्छौ,
भविष्यको चिन्ता छैन,
तिमी नभए हुँदै भैन —
कति तिमी मात्र भन्छौ
अब हाम्रा पनि सुन।

हार्दिकता र सरलताको प्रेम,
निस्वार्थता र सार्थकताको प्रेम—
अब हाम्रो पनि सुन।
म पनि त प्रेममा परेनी साथी ………

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech