![]()
वीरेन्द्रनगर, सुर्खेत — वीरेन्द्रनगर–८ स्थित कृष्णमन्दिर क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध, हतियार र प्रतिबन्धित बन्यजन्तुका अंगसहित दुई युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले सूचनाका आधारमा छापा मारेर २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार उनीहरूको कोठा तथा शरीर खानतलासी गर्दा विभिन्न ब्रान्डका गरी कुल १,४२६ ट्याबलेट बरामद गरिएको छ।
प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुट ठकुरीका अनुसार उनीहरू बस्दै आएको कोठाबाट लुकाइराखिएको एक थान सेमी अटोमेटिक चाइनिज पेस्तोल, दुई थान म्यागजिन, १२ राउन्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एक थान कुलाडी, नाईनस्टिक, एक थान कैंची लगायतका हतियारसमेत बरामद गरिएको छ।
त्यसैगरी, प्रतिबन्धित बन्यजन्तु जरायोको सिङ जस्तो देखिने एक थान ओखेटोपहार पनि प्रहरीले फेला पारेको छ।
प्रहरीले घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ।
यसअघि करिब एक महिना अघि कर्णाली प्रदेश प्रहरी कार्यालयमा डीआईजी माधवप्रसाद श्रेष्ठ नियुक्त भएयता कर्णाली क्षेत्रमा प्रहरीले अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै सक्रियता बढाएको छ। पछिल्लो समय लागुऔषध कारोबार, जुवातास, वेश्यावृत्ति र फरार अभियुक्तहरू धमाधम पक्राउ परिरहेका छन्।
वीरेन्द्रनगर, सुर्खेत — वीरेन्द्रनगर–८ स्थित कृष्णमन्दिर क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध, हतियार र प्रतिबन्धित बन्यजन्तुका अंगसहित दुई युवक पक्राउ परेका छन्।




