ट्रेण्डिङ

झापा — झापाको बिर्तामोड नगरपालिका–५ स्थित मंगलदीप टोलमा भाडामा लिइएको कोठाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। बिहीबार, विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले छापा मारेको थियो। उक्त कारबाहीमा अर्जुनधारा नगरपालिका–६ निवासी २५ वर्षीय बिनोद घिमिरे पक्राउ परेका हुन्।

प्रहरीका अनुसार घिमिरेले भाडामा लिएको कोठाबाट ट्रमाडोलका १ लाख ३ हजार ८ सय क्याप्सुल, १ हजार ८ सय ७० एम्पुल ट्रमाडोल इन्जेक्सन, ४ हजार ५० थान ट्रमाडोल ट्याब्लेट, ९७ हजार थान डाइक्लोमाइन ट्याब्लेट, ८ हजार ९ सय थान सिल्डेनाफिल ट्याब्लेट, र मिफिप्रिस्टोन–माइसोप्रोस्टोलका ७ हजार ६ सय ५० ट्याब्लेट बरामद गरिएको हो। यी सबै औषधि औषधि व्यवस्था विभागले नियन्त्रणमा राखेका र दुरुपयोग हुने खालका हुन्।

शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले यस घटनामा नेकपा (एमाले) झापा जिल्ला कमिटी सदस्य भानुभक्त खरेलको संलग्नता देखिएको जनाएको छ। प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार खरेल औषधि व्यापारीका रूपमा चिनिँदै आएका व्यक्ति हुन् र हाल फरार छन्। उनीविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको छ भने खोजी कार्य पनि जारी छ।

पक्राउ परेका बिनोद घिमिरेले पत्रकार सम्मेलनमा नेता खरेलकै निर्देशनमा काम गरेको दाबी गरेका छन्। आफू नयाँ व्यक्ति भएको र खरेलले दिएको अर्डरअनुसार डेलिभरी मात्र गर्ने बताउँदै उनले लागुऔषध भएको थाहा नभएको जिकिर गरेका छन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech