काठमाडौं, साउन १९ – बैंकिङ कसुर मुद्दामा फरार रहेकी तेजुमाया गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–४ स्थित सुकेधारामा बस्दै आएकी इलामको सन्दकपुर गाउँपालिका–२, माईमाजुवा निवासी ५० वर्षीया गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।


उच्च अदालत पाटनले २०७९ साउन १७ गते गुरुङलाई तीन लाख ५० हजार रुपैयाँ जरिवाना, तीन दिन कैद, र पीडित राहत कोषमा १६ हजार रुपैयाँ क्षतिपूर्तिबापत बुझाउनुपर्ने फैसला सुनाएको थियो। त्यसयता उनी फरार थिइन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सुकेधाराबाट पक्राउ गरेको हो।





