काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले ठुलो सङ्ख्यामा आवेदन खुलाएको छ । सशस्त्र प्रहरी, मानव स्रोत विभाग, मानव स्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले एकै चोटि ८४६ जनाका लागि आवेदन माग गरेको हो ।
जसमध्ये सशस्त्र प्रहरी जवान ७८६, त्यसैगरी भान्छे २६, कुचीकार १०, सूचीकार १३, केशकर्तक १० जना र चर्मकर्मी १ जना माग गरेको छ। उल्लिखित पदमा योग्य तथा इच्छुक व्यक्तिले आजदेखि असोज ५ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।


सुची;






