Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं । गरिखान देउ अभियानका संयोजक तथा जेनजी प्रतिनिधि मिराज ढुंगानाले सोमबारदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको आरोप लगाउँदै सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलन घोषणा गरेको हो।
ढुंगानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको मर्म र आवश्यकताप्रति गम्भीर हुन नसकेको दाबी गरे। उनले सुशासन र रोजगारी सिर्जनामा ध्यान दिनुको सट्टा सरकार अनैतिक नियुक्ति र स्वार्थमा अल्झिएको आरोप लगाए।
“जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड बनाउने वा नेता बन्ने सिँढी होइन,” भन्दै ढुंगानाले भदौ २३ र २४ गते भएको आन्दोलनको उद्देश्य स्पष्ट पार्दै त्यसलाई व्यक्तिगत लाभसँग जोडेर व्याख्या नगर्न आग्रह गरे।
उनले सोमबार बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध कार्यक्रममा उपस्थित हुन सम्पूर्ण नागरिकलाई आह्वान गरे।
ढुंगानाले वर्तमान सरकार जेनजी पुस्ताका आधारभूत आवश्यकता—रोजगारी, सुशासन र भविष्य सुरक्षामा असफल भइसकेको भन्दै यसअघि पनि पटक–पटक असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech