ट्रेण्डिङ

ताजा अपडेट

 

०७ जेठ २०८३ कोहलपुर ;- सामाजिक अभियन्ता भुमबहादुर भण्डारीले कोहलपुर–१० स्थित त्रिभुवन माध्यमिक विद्यालय अगाडि बुधबार ३० मिनेट धर्ना दिँदै राजमार्ग छेउका विद्यालयमा बालबालिकाको जीवन जोखिममा रहेको भन्दै तत्काल सुधार गर्न माग गरेका छन्।

धर्नाका क्रममा उनले ‘विद्यालय क्षेत्र मर्यादित, सुरक्षित र बालमैत्री बनाउनु सबैको दायित्व’ भन्ने सन्देशसहितका प्लेकार्ड बोकेका थिए। उनले नगरपालिका र शिक्षा शाखालाई ध्यानाकर्षण गराउँदै ६ बुँदे माग पेश गरे।

त्यसमा विद्यालय वरिपरि अनिवार्य जेब्रा क्रसिङ, नाली–खाल्डा मर्मत, चर्को हर्न र ध्वनि प्रदूषण नियन्त्रण, सडकमा तारजाली जस्ता सुरक्षात्मक संरचना, विद्यालयको शुल्क पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने, तथा विद्यालय समयमा शिक्षक–कर्मचारीले अतिरिक्त पारिश्रमिक (OT) लिने प्रवृत्ति तत्काल नियन्त्रण गर्नुपर्ने माग रहेका छन्।

अभियन्ता भण्डारीले भने– “हाम्रा बालबालिका विद्यालय जाने बाटोमै जोखिममा छन्। अब ढिला गर्नुहुँदैन। विद्यालय क्षेत्रलाई सुरक्षित बनाउन पालिका र शिक्षा शाखा गम्भीर बन्नुपर्छ।”

स्थानीय अभिभावक र विद्यार्थीले पनि भण्डारीको मागप्रति समर्थन जनाएका छन्। कोहलपुर नगरपालिका र शिक्षा शाखाले भने यस विषयमा आवश्यक पहल थालिएको जनाएको छ। यो सार्थक धर्नाले विद्यालय क्षेत्रको सुरक्षाप्रति गम्भीर बहस सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech