ट्रेण्डिङ

ताजा अपडेट

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान चेकपोस्टस्थित बी.पी. राजमार्ग सडकखण्डबाट प्रहरीले ३१ ग्राम २९० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ र नगद रु. १ लाखसहित तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबासको संयुक्त प्रहरी टोलीले सुनसरीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१७७ नम्बरको हायस गाडीलाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–४ निवासी २१ वर्षीय रूपेश ठाकुरको साथबाट लुकाइछिपाइ ल्याइएको ३१ ग्राम २९० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी सोही स्थानका जुगल किशोर धामीको साथबाट रु. १ लाख नगद फेला परेको थियो। घटनामा संलग्न रहेको आशंकामा सुनसरी बराहक्षेत्र नगरपालिका–४ निवासी ३० वर्षीय सुरज राज धामीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय भिमानमा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि राजमार्ग क्षेत्रमा निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech