ट्रेण्डिङ

ताजा अपडेट

 

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले आफ्नो अधिकारभन्दा बाहिर गएर डेन्टल हाइजिनिष्ट तथा प्राविधिकमाथि गरेको हस्तक्षेप र दमनविरुद्ध डेन्टल साइन्स हाइजिनिष्ट एसोसिएसन नेपालले कडा प्रतिवाद गरेको छ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ अन्तर्गत दर्ता भई सर्वोच्च अदालतको फैसला (मुद्दा नं. ०७९-डब्ल्यूओ-०२६०) बमोजिम आफ्नो ‘कोड अफ इथिक्स’ भित्र रहेर मुलुकका विभिन्न भागमा मुख स्वास्थ्य सेवा दिँदै आएका डेन्टल हाइजिनिष्टमाथि एनएमसीले पूर्वाग्रही अनुगमन र मानसिक आतङ्क सिर्जना गरेको एसोसिएसनको गुनासो छ।

एसोसिएसनका अनुसार एनएमसीले आफ्नै मातहतका डेन्टल डाक्टरका क्लिनिकको अनुगमनमा भने आँखा चिम्लेको अवस्थामा कानुन र अदालतको आदेशअनुसार स्वरोजगार बनेका स्वास्थ्य व्यवसायीलाई गैरकानुनी रूपमा हतोत्साहित, मिडियाबाजी र कार्यस्थलमै अपमान गर्ने कार्य गरेको आरोप लगाइएको छ।

यसलाई एसोसिएसनले सरासर बलमिच्याइँ तथा कानुनको उल्लङ्घन ठहर गर्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद्को नियमन क्षेत्रभित्र हस्तक्षेप गर्ने र ग्रामीण क्षेत्रको दन्त सेवा नै ठप्प पार्ने एनएमसीको संकुचित घेराबन्दीविरुद्ध प्रेस काउन्सिल र अदालतमा कानुनी उपचार खोजिने चेतावनी दिएको छ।

साथै, एसोसिएसनले आफ्नो पेसागत अस्तित्व, आत्मसम्मान र सुरक्षाका लागि देशभरिका सम्पूर्ण डेन्टल हाइजिनिष्ट मित्रहरूलाई एकजुट भई प्रतिकार गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech