Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

सर्लाही । सर्लाहीको लालबन्दीमा एक मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास हुँदा आक्रमणकारीले गोली प्रहार गरेका छन्। घटनामा व्यवसायी र उनीसँगै रहेका साथी भने सकुशल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी नगरपालिका–९ बस्तीपुर निवासी हरिप्रसाद सापकोटा बुधबार राति पसल बन्द गरेर एक जना साथीसँग मोटरसाइकलमा घर फर्किरहेका थिए। राति करिब ८ बजेपछि लालबन्दी–७ र ९ को सीमास्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले उनीहरूलाई रोकेर लुटपाटको प्रयास गरेका थिए।

प्रहरीका अनुसार लुटपाटको प्रयासका क्रममा सामान्य धकेलाधकेल भएपछि आक्रमणकारीले कटुवा पेस्तोलबाट गोली प्रहार गरेका थिए। गोली लागेर कुनै मानवीय क्षति भने भएको छैन।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनास्थलबाट पड्किसकेको गोलीका दुई वटा खोका बरामद गरिएको जानकारी दिए। उनका अनुसार व्यवसायी सापकोटा र उनीसँगै रहेका साथी दुवै सकुशल छन् भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट डीएसपीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बिहीबार बिहान करिब २ बजेसम्म सम्भावित क्षेत्रमा सर्च अपरेसन सञ्चालन गरे पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन्।

प्रहरीले फरार आक्रमणकारीहरूको खोजी तीव्र पारिएको तथा घटनाको सबै पक्षबाट अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech