Surakshya Rastriya Dainik
बिहीबार, २७ अगस्ट २०२६
ट्रेण्डिङ

 

कोहलपुर, पुस १
कोहलपुरमा आयोजित एक समारोहबीच कवि रवि गिरीको कविता सङ्ग्रह ‘शान्तिको खोज’ विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित उक्त कृतिको प्रमुख अतिथि मदन पुरस्कार विजेता साहित्यकार युवराज नयाँघरे, पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजाल तथा प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्कीले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नयाँघरेले कोहलपुर क्षेत्र साहित्यिक रूपमा उर्वर रहेको उल्लेख गर्दै नयाँ स्रष्टालाई राष्ट्रियस्तरमा चिनाउन पूर्णिमा साहित्य प्रतिष्ठानले उल्लेखनीय भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले संस्थाको निरन्तर साहित्यिक सक्रियताको प्रशंसा पनि गर्नुभयो । पुस्तक र कविको परिचय साहित्यकार सागर गैरेले प्रस्तुत गर्नुभएको थियो ।

विमोचनसँगै आयोजित स्रष्टा संवाद कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले आफ्ना साहित्यिक अनुभव र लेखनशैलीबारे मन्तव्य राख्नुभयो । उहाँले लुम्बिनी र कर्णाली क्षेत्र भाषा, साहित्य तथा लोकसंस्कृतिको अपार भण्डार भए पनि त्यसमा अझै धेरै काम गर्न बाँकी रहेको धारणा व्यक्त गर्नुभयो । विभिन्न देशको भ्रमण गरे पनि नेपाली संस्कृति र गौरवपूर्ण इतिहासजस्तो समृद्धता कतै नपाएको अनुभव उहाँले सुनाउनुभयो ।

नयाँघरेले निबन्ध र नियात्रा कोरा विवरण नभई अनुभूतिको सरस अभिव्यक्ति हुनुपर्ने बताउँदै साना–साना जीवन अनुभव समेटिन सक्दा निबन्ध उत्कृष्ट बन्ने विचार व्यक्त गर्नुभयो । निबन्ध विधामै २०६५ सालको मदन पुरस्कार प्राप्त गरेको प्रसंग उल्लेख गर्दै पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजालले नयाँघरेका निबन्ध मौलिक, प्रयोगशील, सरल र विशिष्ट रहेको बताउनुभयो । उहाँले नयाँघरेका रचनामा भाषिक कौशल र नेपाली जातीयताको सम्मोहक सौन्दर्य पाइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा कोहलपुर, नेपालगन्ज र बर्दिया क्षेत्रका चार दर्जनभन्दा बढी स्रष्टाहरूको उपस्थिति रहेको थियो । उपाध्यक्ष डा. खोपीराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव केशव निमेषले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech