काठमाडौं । प्रधानमन्त्री तथा सातवटा विश्वविद्यालयका कुलपति बालेन शाहले खुला प्रतिस्पर्धामार्फत सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्।
नियुक्त हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन्।


उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। उक्त समितिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा कुलपति शाहले शुक्रबार उपकुलपतिहरू नियुक्त गरेका हुन्।
सरकारले खुला प्रतिस्पर्धामार्फत योग्य व्यक्तिलाई विश्वविद्यालयको नेतृत्वमा ल्याउने नीति अनुरूप यी नियुक्ति गरिएको जनाएको छ।





