Surakshya Rastriya Dainik
मंगलबार, २५ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं । भूमि समस्या समाधान आयोगका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नहेन्द्र खड्का पक्राउ परेका छन्।

प्रहरीले शनिबार कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट खड्कालाई नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार सरकारविरुद्ध आन्दोलन गर्न सुकुम्बासीलाई उक्साएको आरोपसँग सम्बन्धित प्रमाण फेला परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

खड्का यसअघि भूमि समस्या समाधान आयोगको केन्द्रीय उपाध्यक्षका रूपमा कार्यरत थिए। उनी हाल नेकपानिकट अखिल नेपाल सुकुम्बासी संघका अध्यक्षसमेत हुन्।

स्रोतका अनुसार पछिल्ला दिनहरूमा सुकुम्बासी आन्दोलनसँग सम्बन्धित गतिविधिमा उनको सक्रिय भूमिका रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा उनलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खड्कामाथि आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech