Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं । धनुषामा खैरो हेरोइन र सर्टगनका तीन राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनुषाको गणेशमान चारनाथ नगरपालिका–३, श्रीरामपुरस्थित स्थानीय २० वर्षीय मुकेश दासको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरबाट लुकाइछिपाइ राखिएको सर्टगनका तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

त्यसै क्रममा मुकेशले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट ११० मिलिग्राम खैरो हेरोइन समेत फेला परेको प्रहरीले जानकारी दिएको छ।

बरामद भएको लागुऔषध र गोलीसहित मुकेशलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech