काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ।
पार्टीका कार्यालय मुख्य सचिव गणेशमान पुनका अनुसार विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगदसहित आवश्यक राहत सामग्री सहयोग गर्ने निर्णय गरिएको हो।


पार्टीले राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नुका साथै आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने जनाएको छ।
बाढीका कारण प्रभावित बनेका नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउन पार्टीले आफ्नो तर्फबाट आवश्यक पहल गर्ने जनाएको छ।





