Surakshya Rastriya Dainik
आइतबार, २० सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । नवनियुक्त गृह सचिव केदारनाथ शर्माले गृह मन्त्रालयको सचिवका रूपमा कार्यभार सम्हालेका छन्।

गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच शर्माले गृह सचिवको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन्। उनलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले स्वागत गरेका थिए।

यसअघि रक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत शर्मा गृह सचिवको जिम्मेवारीमा आएका हुन्। नयाँ जिम्मेवारीसँगै उनले गृह प्रशासनको नेतृत्व गर्दै मुलुकको शान्ति–सुरक्षा, प्रशासनिक व्यवस्थापन तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएका छन्।

गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन, कारागारलगायत महत्वपूर्ण निकाय रहेका छन्। त्यसैले गृह सचिवको जिम्मेवारीलाई मुलुकको आन्तरिक सुरक्षा र प्रशासनिक व्यवस्थापनका दृष्टिले महत्वपूर्ण मानिन्छ।

शर्माको कार्यकालमा गृह प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउने, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबीचको समन्वय मजबुत बनाउने तथा नागरिक सुरक्षासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

कार्यभार सम्हाल्ने कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारी तथा गृह मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech