Tuesday, November 24, 2026

काठमाडौं । फेक टिकटक अकाउन्ट बनाएर विद्युतीय स्कुटर बिक्री गर्ने भन्दै विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा फरार रहेका एक युवकलाई लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१ का २३ वर्षीय रोशन साह रहेका छन्। ब्यूरोको टोलीले भदौ १५ गते ललितपुरको महालक्ष्मी नगरपालिका–६, चाङ्गाथलीस्थित उनको डेराबाट साहलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार साहको साथबाट १७.२२० ग्राम खैरो हेरोइन, डिजिटल तराजु, नगद ३० हजार रुपैयाँ र एक थान मोबाइल फोन बरामद गरिएको छ।

साह यसअघि पनि ठगीसम्बन्धी कसुरमा पक्राउ परी धनुषा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा गएका थिए। उच्च अदालतको आदेशपछि ६ लाख रुपैयाँ धरौटीमा रिहा भएका उनी पुनः ठगी गतिविधिमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जेलबाट छुटेपछि साहले ‘CERTIFIED EV SELLER’ नामको फेक टिकटक अकाउन्ट सञ्चालन गरी विद्युतीय स्कुटर बिक्री गर्ने भन्दै विभिन्न व्यक्तिबाट रकम लिने र ठगी गर्ने गरेको पाइएको छ।

यस घटनासम्बन्धी थप अनुसन्धान लागूऔषध नियन्त्रण ब्यूरोको अपराध अनुसन्धान कार्यालय, टेकुले गरिरहेको छ।

ठगीमा पीडित भएका व्यक्तिहरूलाई थप जानकारी तथा उजुरीका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी<