Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

सुनसरी । रामधुनी नगरपालिका–५ स्थित चाम्लिङ होटल एण्ड लजबाट प्रहरीले १६ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
शुक्रबार बिहान करिब ११ बजे होटलमा लागूऔषध ब्राउन सुगर बिक्री–वितरण भइरहेको गोप्य सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले होटलमा खानतलासी गरेको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ का ५२ वर्षीय मोजामिल अन्सारी र चाम्लिङ होटल एण्ड लजकी सञ्चालक रामधुनी नगरपालिका–५ की ४९ वर्षीया मनिता राई रहेका छन्।
खानतलासीका क्रममा मनिता राईले लुकाएर राखेको अवस्थामा १६ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech