Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नेपालका विभिन्न क्षेत्रमा क्षतिग्रस्त यातायात सम्पर्क पुनःस्थापना गर्न तिब्बतले नेपाललाई दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपतकालीन राहत उपलब्ध गराएको छ।

तिब्बतबाट पठाइएको राहत सामग्री शुक्रबार चीनको सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाली पक्षलाई हस्तान्तरण गरिएको हो।

‘साझा हिमाल, साझा नदी, सुखदुःखमा एकता’ भन्ने नारासहित चिनियाँ र नेपाली भाषामा लेखिएको ब्यानर राखेर राहत सामग्री हस्तान्तरण गरिएको थियो।

सिजाङबाट पठाइएको राहत सामग्रीमा बेलीब्रिजका प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बिमलगायतका सामग्री छन्। उपलब्ध सामग्रीबाट दुईवटा बेलीब्रिज निर्माण गर्न सकिने जनाइएको छ।

बाढी तथा पहिरोका कारण क्षतिग्रस्त यातायात पूर्वाधारलाई तत्काल सञ्चालनमा ल्याउन तथा प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई सहज बनाउन उक्त सामग्री पठाइएको हो।

यसैबीच, ल्हासास्थित नेपाली महावाणिज्यदूतावास र चिनियाँ पक्षबीच राहत सामग्री हस्तान्तरणसम्बन्धी कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।

विपद्का बेला चीनले देखाएको शीघ्र सहयोगप्रति नेपाली पक्षले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech